रैराङ हाइड्रापावरले पहिलो पटक लाभांश बाँड्दै, १२.६ प्रतिशत नगद, साधारणसभा १७ गते हुने

बिजमाण्डू
२०७८ असोज २५ गते ०८:४८ | Oct 11, 2021

काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कात्तिक १७ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले नगद लाभांश पारितदेखि मर्जर तथा एक्विजिसनसम्मको प्रस्ताव साधारणसभामा लैजाँदैछ।

Tata
GBIME

साधारणसभाले १२.६ प्रतिशत नगद लाभांशको प्रस्ताव अनुमोदन गर्ने छ। कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो।

कम्पनीले रिडी हाइड्रोपावर कम्पनी लिमिटेडमा गाभिने प्रस्ताव अनुमोदन गर्ने छ। साधारणसभा भर्चुअल माध्यमबाट हुने छ।

चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ५३ लाख रुपैयाँ छ। गत आर्थिक बर्ष कम्पनीले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो।