बालेनले सुनसरी घटनाबारे दुई आइजीपीसँग लिए ब्रिफिङ, ‘परिस्थिति तत्काल नियन्त्रणमा लिनू’



बिजमाण्डू
२०८३ साउन १३ गते १९:०७ | Jul 29, 2026
बालेनले सुनसरी घटनाबारे दुई आइजीपीसँग लिए ब्रिफिङ, ‘परिस्थिति तत्काल नियन्त्रणमा लिनू’


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटना र त्यसपछि उत्पन्न शान्ति-सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्।

Tata
GBIME

प्रधानमन्त्री बालेनले बुधबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई पालैपालो बोलाएर सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

दुवै महानिरीक्षकसँगको ब्रिफिङमा गृहमन्त्री सुधन गुरुङ समेत उपस्थित थिए।

प्रधानमन्त्री बालेनले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्‍भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।

उनले शान्ति-सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न पनि निर्देशन दिएका छन्।