निर्जीवन बीमा कम्पनीको व्यापार १५.६१ प्रतिशत बढ्यो, एक वर्षमा ५२ अर्ब प्रिमियम संकलन



बिजमाण्डू
२०८३ साउन १३ गते १६:५२ | Jul 29, 2026
निर्जीवन बीमा कम्पनीको व्यापार १५.६१ प्रतिशत बढ्यो, एक वर्षमा ५२ अर्ब प्रिमियम संकलन


काठमाडौं । निर्जीवन बीमा कम्पनीले गत वर्ष ५२ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार माइक्रोसहित १४ वटा निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५१ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन।

Tata
GBIME

कम्पनीले आर्जन गरेको प्रिमियम रकम अघिल्लो वर्ष सोही अवधिको तुलनामा १५.६१ प्रतिशत धेरै हो। निर्जीवन बीमा कम्पनीले २०८१/८२ मा ४४ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

नेपाल बीमा प्राधिकरणका अनुसार असार मसान्तसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ६ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। कम्पनीले आर्जन गरेको प्रिमियम अघिल्लो वर्ष सोही अवधिको तुलनामा १२.३८ प्रतिशत धेरै हो।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको छ। कम्पनीले अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले व्यापार बढाएको हो।

गत वर्ष सबैभन्दा धेरै हिमालयन एभरेष्टटले ३१.०६ प्रतिशतले व्यवसाय बढाएर ५ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ।

निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको व्यापार ( प्रिमियम रकम लाखमा)

निर्जीवन बीमा कम्पनी२०८२/८३ को प्रिमियम२०८१/८२ को प्रिमियमफरक %
शिखर इन्स्योरेन्स६५,११२.५४५७,९४२.०३१२.३८
सगरमाथा लुम्बिनी५४,२२२.९४५०,०२०.८३८.४
हिमालयन एभरेष्ट५३,७४१.७३४१,००४.६८३१.०६
आइजिआइ प्रुडेन्सियल४५,५११.१५३८,६५७.१२१७.७३
सिद्धार्थ प्रिमियर४३,१७४.३१४३,१०२.७००.१७
एनएलजी इन्स्योरेन्स४२,०७९.७०३०,६४८.७०३७.३
नेको इन्स्योरेन्स३६,५५०.२२३२,८१८.८९११.३७
ओरियन्टल इन्स्योरेन्स३२,५२१.७८२७,०४८.०५२०.२४
युनाइटेड अजोड३१,१६२.०३२७,८३५.१३११.९५
सानिमा जिआइसी३०,८२०.०७२७,०३२.९९१४.०१
नेपाल इन्स्योरेन्स२२,१६२.०९२०,३७४.९६८.७७
प्रभु इन्स्योरेन्स२०,२२८.२३१८,६९३.१३८.२१
राष्ट्रिय बीमा कम्पनी१५,८३७.२०१३,७९२.०११४.८३
नेसनल इन्स्योरेन्स१२,९०७.२७१०,६१६.०९२१.५८
कुल५१९,२२४.२८४४९,१२६.०७१५.६१
स्रोत:नेपाल बीमा प्राधिकरण