काठमाडौं । निर्जीवन बीमा कम्पनीले गत वर्ष ५२ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार माइक्रोसहित १४ वटा निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५१ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन।
कम्पनीले आर्जन गरेको प्रिमियम रकम अघिल्लो वर्ष सोही अवधिको तुलनामा १५.६१ प्रतिशत धेरै हो। निर्जीवन बीमा कम्पनीले २०८१/८२ मा ४४ अर्ब ९१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
नेपाल बीमा प्राधिकरणका अनुसार असार मसान्तसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ६ अर्ब ५१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ। कम्पनीले आर्जन गरेको प्रिमियम अघिल्लो वर्ष सोही अवधिको तुलनामा १२.३८ प्रतिशत धेरै हो।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ अर्ब ४२ करोड रुपैयाँको व्यापार गरेको छ। कम्पनीले अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले व्यापार बढाएको हो।
गत वर्ष सबैभन्दा धेरै हिमालयन एभरेष्टटले ३१.०६ प्रतिशतले व्यवसाय बढाएर ५ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको छ।
निर्जीवन बीमा कम्पनीको दुई आर्थिक वर्षको व्यापार ( प्रिमियम रकम लाखमा)
| निर्जीवन बीमा कम्पनी | २०८२/८३ को प्रिमियम | २०८१/८२ को प्रिमियम | फरक % |
| शिखर इन्स्योरेन्स | ६५,११२.५४ | ५७,९४२.०३ | १२.३८ |
| सगरमाथा लुम्बिनी | ५४,२२२.९४ | ५०,०२०.८३ | ८.४ |
| हिमालयन एभरेष्ट | ५३,७४१.७३ | ४१,००४.६८ | ३१.०६ |
| आइजिआइ प्रुडेन्सियल | ४५,५११.१५ | ३८,६५७.१२ | १७.७३ |
| सिद्धार्थ प्रिमियर | ४३,१७४.३१ | ४३,१०२.७० | ०.१७ |
| एनएलजी इन्स्योरेन्स | ४२,०७९.७० | ३०,६४८.७० | ३७.३ |
| नेको इन्स्योरेन्स | ३६,५५०.२२ | ३२,८१८.८९ | ११.३७ |
| ओरियन्टल इन्स्योरेन्स | ३२,५२१.७८ | २७,०४८.०५ | २०.२४ |
| युनाइटेड अजोड | ३१,१६२.०३ | २७,८३५.१३ | ११.९५ |
| सानिमा जिआइसी | ३०,८२०.०७ | २७,०३२.९९ | १४.०१ |
| नेपाल इन्स्योरेन्स | २२,१६२.०९ | २०,३७४.९६ | ८.७७ |
| प्रभु इन्स्योरेन्स | २०,२२८.२३ | १८,६९३.१३ | ८.२१ |
| राष्ट्रिय बीमा कम्पनी | १५,८३७.२० | १३,७९२.०१ | १४.८३ |
| नेसनल इन्स्योरेन्स | १२,९०७.२७ | १०,६१६.०९ | २१.५८ |
| कुल | ५१९,२२४.२८ | ४४९,१२६.०७ | १५.६१ |