कार्की प्रमुख निर्वाचन आयुक्त बन्ने बाटो खुल्यो, संसदीय समितिले सर्वसम्मतरुपमा गर्‍यो अनुमोदन



बिजमाण्डू
२०८३ साउन १३ गते १५:३० | Jul 29, 2026
कार्की प्रमुख निर्वाचन आयुक्त बन्ने बाटो खुल्यो, संसदीय समितिले सर्वसम्मतरुपमा गर्‍यो अनुमोदन


काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त गर्न संवैधानिक परिषद्‍ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।

Tata
GBIME

समितिको बुधबारको बैठकले परिषद्‍को सिफारिस सर्वसम्मतरुपमा अनुमोदन गरेको हो। संवैधानिक परिषद्‍को असार १९ गते बसेको बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा राजिव सुब्बा र गुरुप्रसाद वाग्लेलाई आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो।

समितिले सिफारिस अनुमोदन गरेसँगै कार्की, सुब्बा र वाग्लेलाई नियुक्ति गर्ने बाटो खुलेको छ। संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।