सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी, को-को छन् सहभागी?



बिजमाण्डू
२०८३ साउन १३ गते ०९:०५ | Jul 29, 2026
सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी, को-को छन् सहभागी?


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

Tata
GBIME

सुनसरीको देवानगञ्जमा भएको झडपका विषयमा साझा धारणा बनाउन लामिछानेले सबै दलहरूलाई सिंहदरबारमा बोलाएका थिए। लामिछानेको आह्वानमा दलका नेताहरू बैठकमा जुटेका हुन्।

कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू बैठकमा सहभागी भएका छन्।