काठमाडौं। पाँच दिनदेखि लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन बढेको छ। सुनको भाउ शुक्रबार तोलामा २ हजार ७०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
सुनको भाउ असार १९ गते प्रति तोला २ लाख ९० हजार ७०० रुपैयाँ रहेकामा त्यसयता लगातार घटेर बिहीबार तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँका दरले किनबेच भएको तियो।
चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँ बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रति तोला ४ हजार ५१०
रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ४११३.१९ डलर र चाँदी प्रति औंस ६०.२७ डलरमा कारोबार भइरहेको छ।










