BIZMANDU
www.bizmandu.com

पाँच दिन लगातार गिरावटपछि बढ्यो सुनको भाउ, तोलामा २७०० रुपैयाँ वृद्धि ,चाँदी पनि महँगियो

२०८३ असार २६

पाँच दिन लगातार गिरावटपछि बढ्यो सुनको भाउ, तोलामा २७०० रुपैयाँ वृद्धि ,चाँदी पनि महँगियो
पाँच दिन लगातार गिरावटपछि बढ्यो सुनको भाउ, तोलामा २७०० रुपैयाँ वृद्धि ,चाँदी पनि महँगियो

काठमाडौं। पाँच दिनदेखि लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन बढेको छ। सुनको भाउ शुक्रबार तोलामा २ हजार ७०० रुपैयाँ बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।

सुनको भाउ असार १९ गते प्रति तोला २ लाख ९० हजार ७०० रुपैयाँ रहेकामा त्यसयता लगातार घटेर बिहीबार तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँका दरले किनबेच भएको तियो।

चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँ बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रति तोला ४ हजार ५१०
रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति औंस ४११३.१९ डलर र चाँदी प्रति औंस ६०.२७ डलरमा कारोबार भइरहेको छ।