राष्ट्रिय सभाबाट पनि टुंगियो बजेट, आर्थिक विधेयक बहुमत र ऋण उठाउने विधेयक सर्वसम्मतले पारित



बिजमाण्डू
२०८३ असार २५ गते १८:५० | Jul 9, 2026
राष्ट्रिय सभाबाट पनि टुंगियो बजेट, आर्थिक विधेयक बहुमत र ऋण उठाउने विधेयक सर्वसम्मतले पारित


काठमाडौं। आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट पारित भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सभाको बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै बजेट पारित भएको हो। बजेटसँग सम्बन्धित विनियोजन विधेयक राष्ट्रिय सभाले २३ गते पारित गरेको थियो।

राष्ट्रिय सभाले आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो। बजेट प्रतिनिधि सभाबाट यसअघि नै पारित भइसकेको छ।