विद्यार्थीलाई सैन्य तालिम दिने गरी प्रतिनिधिसभामा पेस भयो राष्ट्रिय सेवा दल विधेयक



बिजमाण्डू
२०८३ असार २५ गते १६:०१ | Jul 9, 2026
विद्यार्थीलाई सैन्य तालिम दिने गरी प्रतिनिधिसभामा पेस भयो राष्ट्रिय सेवा दल विधेयक


काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन्।

Tata
GBIME
Nepal Life

गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताएकी छन्।

त्यसअघि गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावमा विरोधको सूचना प्राप्त हुन नआएकाले उक्त विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए।

सरकारले यही असार १६ गते संघीय संसद् सचिवालयमा सो विधेयक दर्ता गराएको थियो।