काठमाडौं। आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेल ल्याइएको छ। अर्थमन्त्री जनार्दन शर्माले पौडेललाई राजस्व प्रशासनको शक्तिशाली विभागको जिम्मा दिएका छन्। पौडेलले विभाग अन्तर्गतको ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका छन्।
यसअघि उनी सूचना तथा प्रविधि मन्त्रालयमा थिए। विभागमा रहेका सहसचिव झक्कप्रसाद आचार्यलाई मन्त्रालयमा पठाइएको छ। शर्माले भन्सार विभागको महानिर्देशक समेत परिवर्तन गरेका छन्।
विभागको महानिर्देशकमा नारायणप्रसाद सापकोटालाई पठाइएको छ। विभागमा रहेका यमलाल भुसाललाई मन्त्रालयमा सारिएको छ। अर्थमन्त्रालय बजेट महाशाखामा भूपाल बराललाई लगिएको छ।
उनी यसअघि लगानी बोर्डमा थिए। बजेट महाखामा रहेका सुमन दहाललाई आर्थिक नीति महाशाखामा पठाइएको छ। अर्थ प्रशासन प्रमुखको जिम्मेवारी केदारनाथ शर्मालाई दिइएको अर्थ स्रोतले जानकारी दियो।










