सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वमन्त्री पौडेलको बास प्रहरीको कर्णाली तालिम केन्द्रमा



बिजमाण्डू
२०८३ असार ८ गते २०:०५ | Jun 22, 2026
सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वमन्त्री पौडेलको बास प्रहरीको कर्णाली तालिम केन्द्रमा

काठमाडौं। सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सोमबार नेपालगंजमा राखिने भएको छ।

Tata
GBIME
Nepal Life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार अपराह्न ५:१५ बजे सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ परेका पौडेललाई प्रहरीको नेपालगंजस्थित कर्णाली तालिम केन्द्रमा राखिने भएको हो।

सुर्खेतबाट नेपालगंज ल्याउन अढाइ घण्टा लाग्ने भएकाले उनलाई मंगलबार मात्र काठमाडौं ल्याइने प्रहरीले जनाएको छ। विभागको अनुसन्धानबाट पौडेलको अदृष्य व्यावसायिक साझेदारी देखिएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई सघाएका धेरै आधार देखिएपछि विभागले पौडेललाई पक्राउ गर्न पत्राचार गरेको थियो।