भारतमा रिलायन्स जियोले आइपीओ ल्याउने, २७ करोड सेयर निष्कासन गरिने



बिजमाण्डू
२०८३ असार ५ गते १६:१२ | Jun 19, 2026
भारतमा रिलायन्स जियोले आइपीओ ल्याउने, २७ करोड सेयर निष्कासन गरिने

भारतीय बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजले आफ्नो टेलिकम तथा डिजिटल सेवा ब्रान्ड ‘जियो’ले सेयर निष्कासन गर्ने भएको छ। त्यसका लागि आज कम्पनीले बजार नियामक सेबी समक्ष मस्यौदा कागजात पेस गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको ४९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले यसको औपचारिक घोषणा गरेका हुन्। रिलायन्सले गत वर्ष नै यो आईपीओ ल्याउने घोषणा गरेको थियो।

जियोले यस आईपीओमार्फत १० रुपैयाँ अंकित मूल्यको २७ करोड कित्ता नयाँ साधारण सेयर जारी गर्ने तयारी गरेको छ।

सेयरको बिक्री मूल्य भने ‘बुक बिल्डिङ’ प्रक्रिया बाट तय गरिने जनाइएको छ। यो सम्पूर्ण प्रक्रिया सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डियाको नियमअनुसार अगाडि बढ्ने कम्पनीले जनाएको छ।