सदर चिडियाखानामा बर्ड फ्लु भेटियो, शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने



बिजमाण्डू
२०८३ असार ५ गते १५:१० | Jun 19, 2026
सदर चिडियाखानामा बर्ड फ्लु भेटियो, शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानामा बर्ड फ्लु संक्रमण भेटिएको छ।

Tata
GBIME
Nepal Life

चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएको सदर चिडियाखानाले सूचना जारी गरेर जानकारी दिएको हो।

बर्ड फ्लु देखिएपछि आमसर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै चिडियाखाना बन्द हुने सूचनामा उल्लेख गरिएको छ।

शुक्रबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म सदर चिडियाखाना बन्द रहनेछ।

पछिल्लो समय काठमाडौंसहित भक्तपुर र ललितपुर लगायतका विभिन्न जिल्लामा कुखुरामा बर्ड फ्लु भेटिएको थियो।