सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा पनि गिरावट



बिजमाण्डू
२०८३ असार ५ गते ११:०३ | Jun 19, 2026
सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँ घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं। सुनको मूल्य शुक्रबार तोलामा १० हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ८६ हजार ७०० रुपैयाँमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

सुनको मूल्य लगातार तेस्रो दिन घटेको हो। सुनको भाउ असार २ गते प्रति तोला २ लाख ९८ हजार ५०० रुपैयाँ रहेकामा त्यसयता लगातार घटेको हो।

चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँ घटैको छ। प्रति तोला चाँदीको भाउ ४ हजार ६४० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति औंस सुन ४१२७.०८ डलर र चाँदी ६३.४३ डलर छ।