काठमाडौं । खरिद बिल बिजक नराखेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ।
विभागले बुधबार बजार अनुगमन गर्दा बिल बिजक नराखेको भेटेपछि दुई फर्मलाई ३० हजार रुपैयाँ जरिवाना गरेको हो।
तेर्साटारमा रहेको निरन एग्रोलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ। त्यस्तै, च्यासीन्डोलमा रहेको दर्शन राईस मिललाई १० हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ।
विभागले अन्य ८ वटा व्यवसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ।










