.jpg)
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको ३ लाख ८९ हजार कित्ता सेयरमा पहिलो दिन नै ७९ लाख ५३ हजार ८७० कित्ता आवेदन परेको छ।
कम्पनीले बिहीबारबाट असार २१ गतेसम्म सेयर बिक्रीमा राखेको छ।
कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। यसमा ५ लाख ८८ हजार ३७२ जनाले आवेदन दिएका छन्।
कम्पनीले जारी पुँजीको ३२.११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि सेयर दिइने छ।
३ लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्।
कम्पनीको सेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। बढीमा एक हजार कित्तासम्म भर्न पाइने छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।











