२५ लाखदेखि माथिका ऋण निगरानी गर्दै राष्ट्र बैंक, पुरानो तिर्न नयाँ ऋण दिएर ‘राइटब्याक’ को शंका



बिजमाण्डू
२०७८ असार १३ गते १७:४९ | Jun 27, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकले २५ लाख रुपैयाँदेखि माथिका ऋणको फाइल अध्ययन गर्ने भएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आइतबार २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई भेला पारेर फाइल अध्ययन गर्ने बताएका हुन्।

मिश्रले बैंकहरुले गर्ने प्रोभिजनिङ र राइटब्याकलाई गम्भीरता पुर्वक हेरिनेसमेत बताए। 

उनले कोभिडले सबै क्षेत्र प्रभावित भएका बेला पनि प्रोभिजनिङ (लोन लस) राइटब्याक (फिर्ता) भएको प्रशंङ्ग उठाएका हुन्।

'लोन लस प्रोभिजनिङ यस्तो बेलामा राइटब्याक नहुनु पर्ने हो' उनले भने, 'कसरी भइरहेको छ भनेर हामी हेर्छौं।' 

यसैलाई केन्द्रमा राख्दै  उनले २५ लाख रुपैयाँभन्दा बढिको ऋणको फाइललाई मनिटर गर्ने बताएका हुन्। राष्ट्र बैंकलाई पछिल्लो समय गएको ऋण वास्तविक क्षेत्रमा भन्दा पनि साँवा र ब्याज तिर्न गएको भन्ने आशंका छ।

राष्ट्र बैंकले आइतबार 'बैंकहरुको स्थलगत निरिक्षणका क्रममा देखिएका कैफियत तथा  बैंकिङ क्षेत्रसँग सम्बन्धित ससामायिक बिषयमा छलफल' गर्न भनेर डाकेको बैठकमा मिश्रले असामान्य परिस्थितिमा पनि साढे सात खर्ब रुपैयाँ ऋण प्रभाव हुनुलाई शंकाको आँखाले हेरेका छन्।