काठमाडौं। मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तारा मानन्धर नियुक्त भएका छन्। मानन्धर जेठ १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि बैंकको सीइओ नियुक्त भएका हुन्।
हालका सीइओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तमा सकिन लागेका कारण सञ्चालक समितिको बिहीबार बसेको बैठकले जेठ १ बाट लागू हुने गरी मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
मानन्धर हाल डिसहोम मिडिया नेटवर्कमा सीइओ छन्। २०८१ वैशाख ३ गते डिसहोमको सीइओ नियुक्त हुनुअघि मानन्धर मुक्तिनाथ विकास बैंकमै डेपुटी सीइओ थिए।
मानन्धरसँग स्टान्डर्ड चार्टर्ड, एनसीसी, प्रभु लगायत बैंकमा काम गरेको अनुभव छ।










