सन नेपाल लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी कवि फुयाललाई



बिजमाण्डू
२०८२ चैत्र २५ गते ११:३५ | Apr 8, 2026
सन नेपाल लाइफ इन्स्योरेन्समा निमित्त सीइओको जिम्मेवारी कवि फुयाललाई


काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत कवि फुयाललाई निमित्त सीइओको जिम्मेवारी दिएको छ।

Tata
GBIME

इन्स्योरेन्सले सीइओ राजकुमार अर्याल चैत १६ गते पक्राउ परेपछि फुयाललाई निमित्त सीइओको जिम्मेवारी दिएको हो

कर्मचारीका लागि छुट्याइएको ४ लाख ८० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप खेपिरहेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको थियो।

सञ्चालक समितिको मंगलबार बसेको बैठकले फुयाललाई निमित्त भइ काम गर्ने अख्तियारी दिने निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ।