ऋषभको बलियो ब्याटिङमा लखनउले हैदराबादलाई हरायो, आरसीबी चेन्नइविरुद्ध ब्याटिङमा



बिजमाण्डू
२०८२ चैत्र २२ गते १९:५३ | Apr 5, 2026
ऋषभको बलियो ब्याटिङमा लखनउले हैदराबादलाई हरायो, आरसीबी चेन्नइविरुद्ध ब्याटिङमा
ब्याटिङमा ऋषभ पन्त। तस्बिर: आईपीएल

लखनउ सुपर जायन्टले सनराइजर्स हैदराबादलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लखनउले कप्तान ऋषभ पन्तको प्रभावशाली ब्याटिङको सहायतामा हैदराबादलाई ५ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। शीर्षक्रमले कमजोर सुरुवात दिए पनि मध्यक्रममा हेनरिच क्लासनले प्रभावशाली ब्याटिङ गर्दै सर्वाधिक ६२ र नितिशकुमार रेड्डीले ५६ रन बनाए। तल्लो क्रम फेरि नचल्दा हैदराबादले औशत स्कोरमै चित्त बुझायो। बलिङमा लखनउका मोहम्मद सामी, अभेष खान र प्रिन्स यादवले समान २ विकेट लिँदा दिग्वेश राठी र मणिमरन सिद्धार्थले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउले १९.५ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। लखनउका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक अविजित ६८ रन बनाउँदै टोलीलाई लक्ष्यसम्म पुर्‍याउँदा ऐडन मार्क्रमले ४५ तथा अब्दुल समदले १६ रनको योगदान दिए। हैदराबादका हर्ष दुबेले २ तथा एसान मालिंगा र शिभङ कुमारले समान १ विकेट लिए पनि लखनउलाई रोक्न सकेनन्।

आजै दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लुरु चेन्नइविरुद्ध ब्याटिङमा छ।