मालपोत र नापी कार्यालयमा बिचौलियालाई प्रवेश निषेध, मन्त्री रावलको निर्देशनपछि पत्राचार



बिजमाण्डू
२०८२ चैत्र १८ गते २०:१९ | Apr 1, 2026
मालपोत र नापी कार्यालयमा बिचौलियालाई प्रवेश निषेध, मन्त्री रावलको निर्देशनपछि पत्राचार
प्रतिभा रावल मन्त्रालयमा पद बहालीका दिन। फाइल तस्वीर

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति(बिचौलिया)लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । 

Tata
GBIME
Nepal Life

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गरी देशभरका मालपोत र नापी कार्यालयलाई परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन पत्राचार गरिएको छ।

पत्रमा विभिन्न बहानामा बिचौलियाहरूले कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब आइन्दा परिचय खुल्ने कागजात भएका व्यक्तिलाई मात्रै कार्यालयमा प्रवेश गर्न दिन भनिएको छ। 
 
अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुनुपर्ने पत्रमा उल्लेख छ। बिचौलियालाई निषेध गरेपछि सेवाग्राहीले सहजै सेवा पाउने मन्त्रालयको विश्वास छ।

‘सेवा प्रवाहलाई प्रभावकारी र गुणस्तरीय बनाउन कार्यालयमा अधिकृत व्यक्तिहरू (बिचौलिया)लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउने साथै त्यस्ता अनधिकृत व्यक्तिहरूलाई सरकारी अभिलेख कागजातमा पहुँच नदिने व्यवस्था तत्काल मिलाउनु हुन सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।