अर्थमन्त्री वाग्लेले डाके गभर्नर पौडेललाई, १०० दिने कामको सूचीका बारेमा छलफल हुने



बिजमाण्डू
२०८२ चैत्र १५ गते १३:१४ | Mar 29, 2026
अर्थमन्त्री वाग्लेले डाके गभर्नर पौडेललाई, १०० दिने कामको सूचीका बारेमा छलफल हुने


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार दिउँसो नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई मन्त्रालय डाकेका छन्।

Tata
GBIME

शुक्रबार अर्थमन्त्री नियुक्त भएलगत्तै कार्यभार सम्हाल्न सिंहदरकार कार्यालय पुग्दा दुबैबीच भेटघाट भएको थियो। आइतबार भने राष्ट्र बैंकसँग सम्बन्धित केही निर्णयका लागि अर्थमन्त्रीले गभर्नरलाई डाकेका हुन्।

नयाँ सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद् बैठकले १०० दिनमा गर्ने कामको सूची पारित गरेको थियो। त्यसमा राष्ट्र बैंकमार्फत गर्नु पर्ने कार्यक्रमहरु पनि छन्। 

स्रोतका अनुसार त्यसका बारेमा छलफल गर्न अर्थमन्त्रीले गभर्नर डाकेका हुन्। 

कुनैबेलामा घनिष्ट मित्र वाग्ले र पौडेलको पछिल्लो समय सम्बन्धमा तिक्ता आएको चर्चा छ। त्यही कारण पनि यो भेटलाई महत्वपूर्ण मानिएको छ।