हकप्रद निष्कासन गर्न लागेको हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन



बिजमाण्डू
२०८२ चैत्र ९ गते १८:२८ | Mar 23, 2026
हकप्रद निष्कासन गर्न लागेको हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन


काठमाडौं। हिमालयन पावर पार्टनरको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले सोमबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Vigo
GBIME
Tata

हिमालयन पावर पार्टनरले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ। कम्पनीको चुक्ता पुँजी अहिले १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ छ।

समायोजनपछि कम्पनीको सेयर मूल्य ३१८.३३ रुपैयाँ कायम भएको छ। कम्पनीको सेयर सोमबार अन्तिममा प्रति कित्ता ५२२ रुपैयाँका दरले कारोबार भएको थियो।