काठमाडौं। विभागीय टोली एपीएफले बागमती प्रदेशमाथि प्रभावशाली जित निकालेको छ। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा एपीएफले बागमतीलाई ७१ रनले हराएको हो।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो।
एपीएफका लागि आशिफ शेखले शतकीय इनिङ्स खेल्दै सर्वाधिक ११४ रन बनाउँदा सुन्दीप जोराले ५२, लोकेश बमले २९ तथा युवराज खत्रीले अविजित २६ रन बनाए।
बलिङतर्फ एपीएफका रिजन ढकालले ४ विकेट लिँदा इशान पाण्डेले २ तथा सन्दीप लामिछाने र सोनु देवकोटाले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बागमती ४५.१ ओभरमा २०० रन बनाएर अलआउट भयो। बागमतीका लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाउँदा सुवास खत्रीले २७, उत्तम मगरले २६ तथा शिवम तिवारीले २५ रन बनाए।
बलिङतर्फ अभिषेक गौतम र रोहित पौडेलले समान ३ विकेट लिँदा कमलसिंह ऐरी नन्दन यादव, युवराज खत्री र अमर रौटेलाले समान १ विकेट लिए।
आजै अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा छन्।











