नबिल बैंकले ग्लोबल मनि विकका अवसरमा कर्णालीका विद्यालयमा डिजिटल बैंकिङ सिकाउँदै



बिजमाण्डू
२०८२ चैत्र ८ गते १६:३४ | Mar 22, 2026
नबिल बैंकले ग्लोबल मनि विकका अवसरमा कर्णालीका विद्यालयमा डिजिटल बैंकिङ सिकाउँदै

काठमाडौं। नबिल बैंकले ग्लोबल मनि विकअन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवालाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ।

Tata
GBIME
Nepal Life

सोही क्रममा सुदूरपश्चिमका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लागयतका विषयमा व्यावहारिक ज्ञान दिएको बैंकले जनाएको छ।

विद्यार्थीले बैंक खाता कसरी खोल्ने, चेकबुक कसरी चलाउने लगायत विषयमा सिकेका थिए।

‘पैसा नभएको चेक भुक्तानीका लागि प्रयोग गर्न हुन्न रहेछ। आज थाहा पाएँ,’ कार्यक्रममा सहभागी लक्ष्मी बरालले भनिन्, ‘सुरक्षित डिजिटल बैंकिङका कुरा पनि सिकियो।’

आफूले सिकेका कुरा अब साथीभाई र परिवारका सदस्यलाई पनि सिकाउने बरालले बताइन्। दैनिक जीवनमा चाहिने व्यावहारिक ज्ञान पाएकोमा विद्यार्थीहरू खुशी देखिएका थिए।

पैसा बचत गर्ने बानी बसाल्न पर्छ भन्ने कुरा सधैँ सुनेको तर विद्यालयमा भएको अभिमुखीकरण कार्यक्रमपछि साच्चै बचत गर्ने पर्ने रहेछ भन्ने बुझेको सरस्वती माध्यमिक विद्यालयका छात्र सरोज शाहीले बताए।

ग्लोबल मनि विक विशेषगरी किशोरकिशोरी तथा युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा मनाइने अभियान हो। यस वर्षको ग्लोबल मनि विकको मुख्य नारा ‘स्मार्ट मनि टक्स’ हो।

उक्त नारालाई आत्मसाथ गर्दै बैंकले चैत २ देखि ८ गतेसम्म विभिन्न शाखा कार्यालयमार्फत सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ।

नबिल बैंकले ग्लोबल मनि विक अभियनमार्फत देशभर करिब १ सय ९० विद्यालयका १५ हजार बढी विद्यार्थीहरूलाई वित्तीय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ।