देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान



बिजमाण्डू
२०८२ चैत्र ४ गते ०६:३९ | Mar 18, 2026
देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

बुधबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, बुधबार राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ। गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।