मेरो किसानले आइपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त



बिजमाण्डू
२०८२ चैत्र २ गते १९:५५ | Mar 16, 2026
मेरो किसानले आइपीओ निष्कासन गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं। मेरो किसान लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

यस सम्बन्धमा दुई कम्पनीबीच सोमबार सम्झौता भएको छ।

सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणि गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाल, सञ्चालक सुनिल थापा र सन्तोष बस्तेत तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचन, प्रमुख व्यापार अधिकृत बासु थपलिया र विशिष्टिकृत लगानी कोष प्रमुख सुदिपहरि ढुंगाना उपस्थित थिए।

मेरो किसान लिमिटेडले किसानसँगको सहकार्यमा बिउबिजन उत्पादन, कृषि उत्पादन संकलन, भण्डारण, वितरण तथा डिजिटल प्लेटफर्ममार्फत उपभोक्तासम्म कृषि उत्पादन उपलब्ध गराउने कार्य गर्दै आएको छ ।

कम्पनीले चितवनको पटिहानीमा कृषि प्रशोधन केन्द्र र दूध डेरी सञ्चालन गर्ने उद्देश्यले करिब ३.५ बिगा जग्गा खरिद गरी संरचना निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

चालु आर्थिक वर्षभित्र कृषि प्रशोधन केन्द्र पूर्णरुपमा सञ्चालन गर्ने र अर्को आवको पहिलो त्रैमाससम्म दूध डेरी सञ्चालन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।