काठमाडौं। सिटिजन्स बैंकले आफ्ना ६२ जना कर्मचारीलाई सम्मान गरेको छ।
बैंकले २०औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा आइतबार काठमाडौंमा एक समारोह गरी १० वर्ष काम गरेका ४८ जना र १५ वर्ष काम गरेका १४ जना कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’पदक प्रदान गरेको छ।
कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पदक प्रदान गरे। बैंकमा हाल १७ सय ६४ जना कर्मचारी कार्यरत छन्।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट सतप्रतिशत योगदान गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन आग्रह गरे।










