सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, दोस्रो बजारमा आइतबारदेखि कारोबारमा आउने



बिजमाण्डू
२०८२ फागुन २८ गते १४:३८ | Mar 12, 2026
सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, दोस्रो बजारमा  आइतबारदेखि कारोबारमा आउने


काठमाडौं। सोलु हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ।

Vigo
GBIME
Tata

कम्पनीसँग बिहीबार भएको सम्झौता अनुसार नेप्सेले १० करोड कित्ता सेयर सूचीकरण गरेको हो। सूचीकृत कुल सेयरमध्ये ८० प्रतिशत संस्थापक र बाँकी २ करोड कित्ता आइपीओ हो।

नेप्सेले कम्पनीको सेयर पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ। सोलु हाइड्रोपावरको सेयर आइतबारदेखि नेप्सेमा कारोबारमा आउनेछ।