काठमाडौं। सर्वसाधारणलाई आइपीओ निष्कासनपछि दोस्रो बजारमा होटल फरेस्ट इनको पहिलो कारोबार प्रति कित्ता १०१ रुपैयाँमा खुलेको छ।
नेपाल स्टक एक्सचेन्जबाट न्यूनतम ओपनिङ रेन्ज अंकित मूल्यभन्दा कम ९०.६५ रुपैयाँदेखि २७१.९५ सम्म पाएको होटलको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा सुरु भएको छ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गरेको थियो। बुधबार सेयर नेप्सेमा सूचीकृत भएपछि बिहीबारदेखि कारोबारमा आएको हो।
होटल फरेस्ट इनमा पूर्वऊर्जामन्त्री दीपक खड्काको लगानी छ। उनकी श्रीमती होटलकी अध्यक्ष हुन्।









