गरिमा सुवर्ण योजनाको इकाइमा आवेदन खुला, सर्वसाधारणका लागि ३.५ करोड इकाइ



बिजमाण्डू
२०८२ फागुन २८ गते ११:०९ | Mar 12, 2026
गरिमा सुवर्ण योजनाको इकाइमा आवेदन खुला, सर्वसाधारणका लागि ३.५ करोड इकाइ


काठमाडौं। गरिमा क्यापिटलले सामूहिक लगानी कोषको सार्वजनिक निष्कासन गरेको छ। क्यापिटलले बिहीबारदेखि म्युचुअल फण्ड गरिमा सुवर्ण योजनाको इकाइमा आवेदन खुलाएको हो।

Vigo
GBIME
Tata

गरिमाले १ अर्ब रुपैयाँ आकारको योजनाको पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ निष्कासन गरेको छ।

सार्वजनिक निष्कासनमध्ये ९० लाख इकाइ कोष प्रवर्धक गरिमा विकास बैंक र ६० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ।

क्यापिटलले बाँकी रहेको ३५ करोड रुपैयाँ बराबरको प्रति इकाइ १० रुपैयाँ अंकित मूल्यको ३ करोड ५० लाख इकाइ सर्वसाधारणलाई निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १०० देखि ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

गरिमा सुवर्ण योजना खुलामुखी प्रकृतिको म्युचुअल फण्ड हो।

योजनाको निष्कासन अवधि चैत २ गतेसम्म खुला रहनेछ। योजनाको निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल छ।