काठमाडौं। आइपीओ आवेदनमा नयाँ कीर्तिमान बनेको छ। शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओमा बुधबार बिहान १० बजेसम्म २७ लाख ६७ हजार ११४ आवेदन परेको छ।
फागुन १७ देखि आइपीओ निष्कासन गरेको कम्पनीको सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन हो। बुधबार बिहानसम्म कम्पनीको आइपीओमा ३ अर्ब ७ करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड ७४ लाख ६७ हजार कित्ता सेयरका लागि आवेदन परेको छ।
शिखर पावरको आइपीओमा परेको आवेदन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि कुनै कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको थिएन।
कम्पनीले १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको छ। कम्पनीको जारी पुँजी ९८ करोड रुपैयाँ छ।










