सानिगाड र कालंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति



बिजमाण्डू
२०८२ फागुन २६ गते १५:१२ | Mar 10, 2026
सानिगाड र कालंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, सेबोनले दियो अनुमति


काठमाडौं। सानिगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई वटा कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ।

Vigo
GBIME
Tata

अनुमति पाएसँगै सानिगाड हाइड्रोपावरले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरमा ८५ करोड ५० लाखको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गर्ने भएको हो। सानिगाड हाइड्रोपावर आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।

यस्तै, कालंगा हाइड्रोपावरले १०० रुपैयाँ प्रति कित्ता दरमा ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्नेछ। यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।