सेयर बजारमा तेस्रो सर्किट ब्रेक लाग्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्य भने घट्यो



बिजमाण्डू
२०८२ फागुन २५ गते १५:२५ | Mar 9, 2026
सेयर बजारमा तेस्रो सर्किट ब्रेक लाग्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्य भने घट्यो


काठमाडौं। सेयर बजार सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेर बन्द हुँदा रिलायन्स स्पिनिङ मिल्सको मूल्य भने घटैको छ।

Vigo
GBIME
Tata

नेप्सेमा सोमबार २५२ कम्पनीको सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको भने घटेको हो।

रिलायन्सको सेयर मूल्य प्रति कित्ता १.४९ प्रतिशत घटेर ६७५ रुपैयाँमा आएको छ। यो कम्पनीको १० कित्ता सेयर कारोबार भएको छ।

फागुन ४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको रिलायन्सको सेयर मूल्य लगातार ९ कारोबार दिन बढेको थियो। तर, सोमबार तीन पटक पोजेटिभ सर्किट ब्रेक लागेर नेप्से १६३ अंकले बढ्दा रिलायन्सको मूल्य घटेको छ।

बुक बिल्डिङ विधिमार्फत आइपीओ बिक्री गरेको कम्पनीको भाउ दोस्रो बजारमा कारोबारमा आएपछि पहिलोपटक ओ‌रालो लागेको हो।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत सेयरधनीलाई प्रति कित्ता ८२०.८० रुपैयाँमा आइपीओ बिक्री गरेको थियो। कम्पनीको आइपीओमा लगानी गरेकाहरु अझै प्रति कित्ता १४५ रुपैयाँ नोक्सानीमा छन्।

दोस्रो बजारमा रिलायन्सको पहिलो कारोबार प्रति कित्ता ३०० रुपैयाँबाट सुरु भएको थियो। नेटवर्थ विवादका कारण नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई चुक्ता मूल्यको तीन गुणासम्म ओपनिङ रेन्ज दिएको थियो।