सुनको मूल्य तोला ७ सयले गिरावट, आइतबार बजार मूल्य प्रतितोला ९१ हजार ८ सय, चाँदी पनि घट्यो



बिजमाण्डू
२०७७ माघ ४ गते ११:१८ | Jan 17, 2021
सुनको मूल्य तोला ७ सयले गिरावट, आइतबार बजार मूल्य प्रतितोला ९१ हजार ८ सय, चाँदी पनि घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको पहिलो दिन सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भइरहँदा असर स्थानीय बजारमा पनि परेको छ।

आइतबारका लागि सुनको बजार कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय  रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्यमा ३० रुपैयाँले गिरावट आएको छ। आइतबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ भएको छ।

गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८२७.६३ डलर र चाँदी प्रतिऔंस २४.७७ डलरमा कारोबार भएको छ ।