तातोपानी भन्सारले पुसमा २२ करोड राजस्व उठायो, दैनिक २० कन्टेनर सामान आउन थाल्यो



बिजमाण्डू
२०७७ माघ १ गते १५:२६ | Jan 14, 2021
तातोपानी भन्सारले पुसमा २२ करोड राजस्व उठायो, दैनिक २० कन्टेनर सामान आउन थाल्यो

Tata
GBIME
Nepal Life

काठमाडौं । तातोपानी भन्सार कार्यालयले पुसमा २२ करोड राजस्व असुली गरेको छ। तातोपानीबाट चिनियाँ सामान आउने क्रम बढेपछि राजस्व बढेको हो। मंसिरमा दैनिक ८ वटा कन्टेनर आउने गरेकोमा अहिले बढेर दैनिक २० वटा आउन थालेको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले दैनिक २० वटा कन्टेरन आउन थालेकोले राजस्व बढेको बताए। तातोपानीबाट अहिले मेसिनरी पार्टपुर्जा र गार्मेन्टका सामान आउने गरेको उनले बताए।

हाल भन्सारमा गत बर्ष देखी रोकिएको सामान र तिहार अघि अर्डर गरेका फलफूल आइरहेको छ। अब तातोपानी भन्सार एक साता पछि बन्द हुने भएको छ। मितेरी पुल पुर्ननिर्माणका लागि भन्दै एक साता बन्द गर्न लागिएको हो। त्यसपछि चिनियाँ नयाँ वर्षका कारण १५ दिन बन्द हुनेछ।