अपर रिचेत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक



बिजमाण्डू
२०८२ माघ २७ गते १२:५५ | Feb 10, 2026
अपर रिचेत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, आरबीबी मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक

काठमाडौं। २ मेगावाट क्षमताको अपर रिचेत हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात ८ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको हो। कम्पनीको चुक्ता पुँजी हाल ४० करोड रुपैयाँ छ। कम्पनीले प्रति किकत्ता १०० रुपैयाँका दरले ८ लाख कित्ता आइपीओ जारी गर्नेछ।

गोरखाको धार्चेमा २०८१ भदौदेखि विद्युत उत्पादन गरिरहेको कम्पनी आगामी साउन/भदौमा आइपीओ निष्कासन गर्ने योजनामा छ।

अपर रिचेत हाइड्रोपावरले आइपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ।

सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्तक्षर गरेका छन्।