ग्राण्डले सञ्चालन मुनाफा ७५ करोड पुर्याउने, अर्को बर्ष २० प्रतिशत लाभांश, बीरगन्जमा शाखा



बिजमाण्डू
२०७० मंसिर २८ गते ००:०० | Dec 13, 2013
काठमाडौं । ग्राण्ड बैंकले चालु आर्थिक वर्ष २०७०/७१ मा ७५ करोडभन्दा बढि रुपैयाँ संचालन मुनाफा गर्ने र शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने लक्ष्य राखेको छ । बैंकले वीरगन्जमा खोलिएको शाखा उद्घाटनको क्रममा यस्तो जानकारी दिएको हो । २२ औं शाखाको रुपमा बीरगन्जमा खोलिएको शाखाको बैंकका अध्यक्ष स्वरुप गुरुङ्ग कोनेले उद्घाटन गरे । यो शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथै प्रतितपत्र, बैंक ड्राफ्ट लगायत सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने उल्लेख छ । बैंकले पुस महिना भित्र विराटनगरमा २३ औं शाखा खोल्ने भएको छ । 
बैंकको हाल चुक्ता पूंजी दुई अर्ब रुपैयाँ र जगेडा कोषमा करिव ४१ करोड रुपैयाँ रहेको छ । हालसम्म बैंकले करिव १९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन र १५ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले घरजग्गा शिर्षक अन्तर्गत रियलस्टेट (जग्गामा मात्र) मा ६.६९% , आवास कर्जा तथा व्यापारिक भवनहरुमा ११.२९% कर्जा लगानी रहेको छ । बैंकले चालु आर्थिक वर्ष २०७० असोज मसान्तसम्ममा  १४ करोड ३९ लाख सञ्चालन नाफा गरेको छ । 
 

Tata
GBIME
Nepal Life