कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न अनुमति



बिजमाण्डू
२०८२ माघ १९ गते १७:४४ | Feb 2, 2026
कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाख रुपैयाँको   आइपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्रीको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।

हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ छ। कालिञ्चोकले ५ मेगावाट क्षमताको साङ्गु (सोरुन) खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

यो आयोजना दोलखाको कालिञ्चोक, खोपाचाङ्गु र साङ्गु (सोरुन) साविक गाविस क्षेत्रमा निर्माणाधिन छ।