काठमाडौं। माछापुच्छ्रे बैंकले केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ।
ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार हस्पिटालिटी उद्योगलाई लक्षित यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नका लागि माछापुच्छ्रे बैंकका पीओएस उपकरणहरू जडान गरिएको छ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेने बैंकले जानकारी दिएको छ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको जनाएको छ।
यसले दैनिक कारोबारहरुलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा बैंकले गरेको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ।










