‘शेखरजीहरुले आफू बसेको जमिन हल्लिएपछि मात्रै थाहा पाउनुभयो,’ चन्द्र ढकालको अन्तर्वार्ता

बिजमाण्डू
२०७७ मंसिर ८ गते ११:२२ | Nov 23, 2020

Tata
GBIME
NLIC

जब महासंघको चुनाव नजिकिँदै गयो, त्यसपछि उहाँहरुले बल्ल असेस्मेन्ट गर्न थाल्नुभयो, आफू उभिएकै जमिन हल्लिइसकेछ भन्ने थाहा पाउनु भयो। त्यसपछि उहाँहरुले चुनावी प्रक्रिया पछि धकेल्न सुरु गर्नुभयो। नत्र हामी त्यतिबेला नै मिलेको भए, सर्वसम्मत नेतृत्व चयनमा गएको भए, आज शेखरजी हाम्रो अध्यक्ष भएको आठौं महिना हुन्थ्यो। कोरोनाले हाम्रो अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न हामीले लिने इन्सिएटिभ नै अर्को हुन्थ्यो। जहाँसम्म एक्स्ट्रा ब्यागेजको कुरा छ, आजको दिनमा तपाईंलाई के लाग्छ, एक्स्ट्रा ब्यागेज मसँग छ वा जसको नेतृत्वमा चुनाव लडिंदै छ, उहाँको काँधमा एक्स्ट्रा ब्यागेज छ?

बागलुङको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल अहिले मुलुककै सफल उद्योगीका रूपमा परिचित छन्। ढकालले देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत औपचारिक रूपमा विप्रेषण भित्र्याएर अर्थतन्त्रलाई बलियो बनाउन सघाए। आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन्।

सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) समेत उनले पाएका छन्। सेल्फ मेड म्यानका रूपमा व्यवसायिक साम्राज्य खडा गरेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। महासंघको कार्यकारी सदस्य हुँदै एशोसिएट उपाध्यक्ष रहेका ढकाललाई बिजमाण्डूले सोध्यो- कोभिड-१९ का कारण महासंघको निर्वाचन सात महिना ढिला हुँदैछ। निर्वाचनको यो जोडघटाउमा तपाइँको अवस्था कस्तो पाउनुहुन्छ?
देशभरका मतदाता साथीहरुको शुभेच्छा र मेरो आफ्नो असेस्मेन्टलाई हेर्दा हाम्रो टीमले सहज विजय प्राप्त गर्छ भन्ने मैले देखिरहेको छु। फेरि पनि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत जिल्ला-नगर उद्योग वाणिज्य संघ, एशोसिएट सदस्य तथा वस्तुगत संघ, द्विराष्ट्रिय संघका मतदाता साथीहरुको मतदानको अधिकारलाई भने म सम्मान व्यक्त गर्दछु।

यो बीचमा हामीले देशभरमा छरिएर रहेका जिल्ला उद्योग वाणिज्य संघका लगभग सबै साथीहरुलाई भेट्यौं। कोभिडको यो अप्ठ्यारोबीच पनि हामी पश्चिम नेपालदेखि पूर्वसम्म पुग्यौं। त्यहाँ देशभरबाट आउनु भएका साथीहरुले जुन प्रेरणा दिनुभयो, जुन हौसला प्रदान गर्नुभयो र त्यसले हाम्रो टीमलाई उत्साहित बनाएको छ।

काठमाडौंमा पनि हामीले एशोसिएट सदस्य साथीहरुलाई भेटिरहेका छौं, वस्तुगत संघका साथीहरुसँग निरन्तर संवादमा छौं। हामीलाई जसरी साथीहरुले उत्साह र प्रेरणा दिनुभएको छ। त्यो हिसाबले हामी उत्साहित छौं र चुनावमा विजय हुन्छौं भन्ने कुरामा विश्वस्त पनि छौं।
दोस्रो कुरा, हाम्रो टीमका दुई जना साथी अहिले नै निर्विरोध भइसक्नु भएको छ। मेरो भन्नु यही हो, बिहानीले दिनको संकेत गर्छ।

पूर्व अध्यक्षको समूहले तिहारपछि सहमतिका लागि प्रयास गर्ने भन्नुभएको थियो। एफएनसीसीआईमा अघिल्लो पटक तपाई सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको थियो। अहिले पनि सर्वसम्मतको प्रयास भयो तर सहमति भने बनेन?
अहिले कोभिडले गर्दा देश अप्ठ्यारोमा छ। देशै अप्ठ्यारोमा छ भने व्यापार व्यवसाय अप्ठ्यारोमा नहुने कुरै भएन। यस्तो बेला हामीसँग कन्स्ट्रक्टिभ र युनिफाइड भ्वाइस चाहिन्छ भन्ने हाम्रो कुरा हो।

एफएनसीसीआई जस्तो देशभरी ठूलो सञ्जाल भएको र महत्वपूर्ण संगठनमा सर्वसम्मत नेतृत्व चयन गर्दा त्यसले हाम्रा स्टेकहोल्डरबीच जाने सन्देश सकारात्मक र प्रभावकारी हुन्छ भन्ने मेरो राय थियो। त्यही आधारमा हामीले सर्वसम्मत नेतृत्व चयन हुन्छ भने त्यो पहल गरौं भनेका हौं। हाम्रा आदरणीय पूर्वअध्यक्षहरुले पनि त्यसका लागि पहल गर्छौं भन्नुभयो। उहाँहरुले त्यसका लागि ज्यादै ठूलो मेहनत र प्रयास पनि गर्नुभयो। 

तर अर्को पक्षले त्यसमा सार्थक सहभागिता जनाउन चाहेन। अर्को पक्षका केही साथीहरु, अझ कतिपय त यसपटक उम्मेदवार पनि हुनुहुन्न तर उम्मेदवारहरुलाई नचाइरहनु भएको छ उहाँहरुले यो प्रक्रियालाई महासंघको सबल नेतृत्व चयनसँग भन्दा आ-आफ्नो अनुकूलतामा लैजान खोज्नुभयो र त्यहाँ पनि व्यक्तिअनुसारको अनुकूलता खोजियो। त्यही कारण त्यसले आकार लिन सकेन।

कोभिडका कारण हामी अहिले इतिहासकै सबैभन्दा कठिन मोडमा छौं। हामी यहाँबाट अघि बढ्नका लागि सशक्त, प्रभावशाली, विषयमाथि अनुभव भएको र समन्वय गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा लैजानुपर्छ। सँगसँगै मतदाताको चाहना के छ र उनीहरुको अपेक्षा के छ त्यो पनि हेरिनुपर्छ भन्ने मेरो कुरा थियो।

त्यसबाहेक सर्वसम्मत नेतृत्व चयन गर्दा उम्मेदवारहरुको मेरिट र डिमेरिटहरु हेरेर संगठनलाई आवश्यक व्याक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने मेरो कुरा थियो। जे होस्, अब हामी चुनावी प्रक्रियामा प्रवेश गरेका छौं। केही दिनको प्रतीक्षामा सबै कुरा क्लियर भएर जानेछ।

सुन्दैछु केही साथीहरु जसले आफूलाई एफएनसीसीआईको रणनीतिकार भन्न रुचाउँछन्, उनीहरु बिहान, दिउँसो र साँझ दिनमा तीन पटक भोटको हिसाबकिताब गरिरहेका छन् रे। सायद त्यसैको प्रभाव होला, अहिले उहाँहरु कहिले चुनावमा धाँधली भो भन्नुहुन्छ कहिले चुनावमा गडबडी हुँदैछ भन्नुहुन्छ, मिडियाबाजी गरिरहनु भएको छ। उहाँहरुले किन यस्तो गरिरहनु भएको छ खै मैले त बुझ्न सकेको छैन्।

चन्द्र ढकाललाई सर्वसम्मत बनाउन समस्या थिएन तर तपाईंले एक्स्ट्रा ब्यागेज बोकिरहनु भएको छ र त्यही कारण सहमति हुन नसकेको हो भन्ने पनि छ?
मैले महासंघमा सर्वसम्मत नेतृत्व चाहिन्छ भन्ने कुरा आज वा अहिले गरेको होइन, जब गत चैतमै महासंघको चुनावी प्रक्रिया सुरु भयो त्यतिबेला नै मैले सर्वसम्मत नेतृत्व चयन गरौं भनेको थिएँ। हाम्रो भावी अध्यक्ष शेखर गोल्छाजीसँग त्यस विषयमा पटक पटक कुरा पनि भएको हो। 

त्यसैका लागि हाम्रो टीमले केही पदमा उम्मेदवारी घोषणा समेत केही ढिला गर्‍यो। तपाईंहरुलाई अनुभव वा जानकारी होला, त्यतिबेला त्यसलाई हाम्रो र अझ विशेष गरेर मेरो कमजोरी हो भन्ने गरी साथीहरुले प्रचार नै गर्न भ्याए। 

जब महासंघको चुनाव नजिकिँदै गयो, त्यसपछि उहाँहरुले बल्ल असेस्मेन्ट गर्न थाल्नुभयो, आफू उभिएकै जमिन हल्लिइसकेछ भन्ने थाहा पाउनु भयो। त्यसपछि उहाँहरुले चुनावी प्रक्रिया पछि धकेल्न सुरु गर्नुभयो। 

नत्र हामी त्यतिबेला नै मिलेको भए, सर्वसम्मत नेतृत्व चयनमा गएको भए, आज शेखरजी हाम्रो अध्यक्ष भएको आठौं महिना हुन्थ्यो। कोरोनाले हाम्रो अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न हामीले लिने इन्सिएटिभ नै अर्को हुन्थ्यो। 

जहाँसम्म एक्स्ट्रा ब्यागेजको कुरा छ, आजको दिनमा तपाईंलाई के लाग्छ, एक्स्ट्रा ब्यागेज मसँग छ वा जसको नेतृत्वमा चुनाव लडिंदै छ, उहाँको काँधमा एक्स्ट्रा ब्यागेज छ?

अब सहमतिको सम्भावना लगभग सकिएको छ। चुनावका लागि भनेर झण्डै डेढ वर्षदेखि तपाईं देश दौडाहामै हिड्नुभयो। अब आफूले पाउने मतको समेत एकिन भइसक्यो होला। एफएनसीसीआई जिल्ला/नगर, वस्तुगत र एशोसिएटको संरचना छ। यो तीनवटै संरचनामा तपाइँले कति मत पाउने आकलन छ?
हामी अहिले नै भोट काउन्ट गर्ने चक्करमा छैनौं। भोट काउन्ट हाम्रा आदरणीय नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत जिल्ला-नगर उद्योग वाणिज्य संघ, एशोसिएट सदस्य तथा वस्तुगत संघ, द्विराष्ट्रिय संघका मतदाता साथीहरुले मतदान गरिसके पछि मंसिर १३ गते साँझबाट गर्ने हो। 

मात्रै कुरा के हो भने म मात्रै होइन् हाम्रो टीम चाहे त्यो जिल्ला-नगरतर्फ होस्, चाहे त्यो एशोसिएटतर्फ होस् वा वस्तुगत संघमा उम्मेदवारी दिने साथीहरु हुनुहुन्छ उहाँहरु सबै आत्मविश्वासले भरिनु भएको छ। जसरी हाम्रा मतदाताले हामीलाई उत्साह र प्रेरणा दिनु भएको छ। त्यो अतुलनीय र अविश्वसनीय रूपमा सकारात्मक छ। 

सुन्दैछु केही साथीहरु जसले आफूलाई एफएनसीसीआईको रणनीतिकार भन्न रुचाउँछन्, उनीहरु बिहान, दिउँसो र साँझ दिनमा तीन पटक भोटको हिसाबकिताब गरिरहेका छन् रे।

सायद त्यसैको प्रभाव होला, अहिले उहाँहरु कहिले चुनावमा धाँधली भो भन्नुहुन्छ कहिले चुनावमा गडबडी हुँदैछ भन्नुहुन्छ, मिडियाबाजी गरिरहनु भएको छ। उहाँहरुले किन यस्तो गरिरहनु भएको छ खै मैले त बुझ्न सकेको छैन। 

म त्यो प्यानलको विपक्षमा उभिएको होइन्, बरु उहाँहरु दुई जना त्यो प्यानलको विपक्षमा उभिनु भएको हो। त्यतिबेला हामीबीच केही अन्डरस्ट्याण्डिङ थिए। त्यसमध्ये एउटा थियो-आगामी चुनावमा ज्ञानेन्द्रलाल प्रधानजीलाई हामी सबैले सघाउने। तर उहाँ नै महासंघको नेतृत्वमा पुग्ने प्रक्रियाबाट बाहिरिनुभयो। आज उहाँ आफैं यो चुनावमा खडा भएको भए मैले उहाँलाई समर्थन गर्नु मेरो कर्तव्य हुन्थ्यो। उहाँ आफैं त्यो प्रक्रियाबाट बाहिरिनु भयो।

यो चुनावमा जित्नुभयो भने तपाइँ वरिष्ठ उपाध्यक्ष र अर्को कार्यकालका लागि अध्यक्ष हुने व्यक्ति। तर तपाईँले आफ्नै नेतृत्वमा प्यानल नै बनाएर चुनावको घोषणा गर्नुभयो। अहिले नै अध्यक्षको उम्मेदवारजस्तै प्यानल बनाउनुभयो?
म महासंघको नेतृत्वमा आउन थालेको एक दशकभन्दा बढी भइसक्यो। त्यतिबेला के भयो भने महासंघको अध्यक्ष पदमा चुनाव हुने, चुनाव लगत्तै जित्ने प्रत्यासी र हार्ने प्रत्यासीबीच चुनावमा भन्दा बढी तिक्तता बढ्ने। यसले महासंघ सधैंभरि विभक्त देखियो।

हाम्रा आदरणीय पूर्वअध्यक्षहरु, यसलाई नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरुले त्यसको समाधान खोज्नुभयो, वरिष्ठ उपाध्यक्षमा चुनाव गरौं, त्यही व्यक्तिलाई नै अर्को कार्यकालको स्वत: अध्यक्ष बनाऔं। यसले महासंघलाई विभक्त हुनुबाट जोगाउँछ। भवानी राणा म्याडम वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष हुनुभयो। अब शेखरजी अध्यक्ष बन्दै हुनुहुन्छ।

तर अहिले त पूर्वअध्यक्षहरुले जे सोच्नुभएको थियो, महासंघलाई नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरुले जे चाहना राख्नु भएको थियो। अवस्था त्यसको ठीक उल्टो भयो। हामी वरिष्ठ उपाध्यक्षका उम्मेदवारको प्यानल होइन, स्वतः अध्यक्ष हुनुभएका शेखरजीले पो प्यानल बनाउनुभयो।

अब महासंघको अवस्था के होला? महासंघलाई आजको अवस्थामा ल्याउने, यसलाई प्रभावकारी रूपमा एकीकृत महासंघ बनाउनुपर्छ भनेर लड्ने आदरणीय उद्योगी व्यवसायी साथीहरु, आज के सोच्दै हुनुहुन्छ होला?

तर शेखर गोल्छाको नेतृत्वमा अर्को प्यानल बनेपछि जितेर आउँदा तपाईंलाई त पहिलो गाँसमै दाँतमा ढुंगा लाग्ने भो नि?
अब ढुंगो नै लागेछ भने पनि पहिलो गाँसमा मलाई होइन, अबको नेतृत्व गर्ने शेखरजीको दाँतमा लाग्ला। केही साथीहरुले भोलि तपाईलाई हराउन मरिमेटेर लाग्नुभएका शेखरजी अध्यक्ष बन्ने, तपाईंले वरिष्ठ उपाध्यक्षमा जितेपछि महासंघको अवस्था के होला? भनेर चासो राख्नु भएको छ। 

फेरि पनि मेरो कुरा के हो भने, तपाईंलाई कत्तिको याद छ, नौ महिना अघि मैले होटल याक एण्ड यतीमा मेरो उम्मेदवारी घोषणा गर्दै गर्दा भनेको थिएँ- महासंघको भावी अध्यक्षका रूपमा हामीले शेखर गोल्छालाई पाइसकेका छौं। मैले त्यहाँ भनेको थिएँ उहाँ एउटा डायनामिक नेतृत्व हो र सफल उद्यमी पनि हो।

सफल र डायनामिक ती दुई वटा विशेषण मैले त्यहाँ जानीबुझिकनै प्रयोग गरेको थिएँ। उहाँ आज पनि सफल उद्यमी हो यसमा मेरो एसेस्मेन्ट परिवर्तन भएको छैन। तर पछिल्ला ६-८ महिनादेखि उहाँले महासंघप्रति वा महासंघको साधारणसभाप्रति, महासंघलाई आजको अवस्थामा ल्याइपुर्‍याउन भूमिका खेल्ने हाम्रा वरिष्ठ उद्योगी व्यापारीहरुको आकांक्षामाथि जे व्यवहार देखाउनु भएको छ, त्यसले उहाँको नेतृत्वप्रति कहीँ न कहीँ मैले मात्रै होइन, धेरै व्यक्तिले टीकाटिप्पणी गर्नुभएको छ।

खैर फेरि पनि मैले वरिष्ठ उपाध्यक्ष जितेँ भने पनि उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं। आदरणीय उद्योगी व्यवसायी साथीहरुलाई साक्षी राखेर मैले त्यो मन्तव्य व्यक्त गरेको थिएँ, म त्यसमा कायमै छु। 

तर निष्पक्ष रहनुपर्ने व्यक्तिले, आज दुई उम्मेदवारबीच जे व्यवहार देखाउनु भएको छ, सायद मतदाताले दुई प्यानलमध्ये एकलाई चयन गर्दा वा मतदान गर्दा त्यसको हेक्का राख्नुहुन्छ भन्ने मेरो विश्वास छ।

उहाँ आज पनि सफल उद्यमी हो यसमा मेरो एसेस्मेन्ट परिवर्तन भएको छैन। तर पछिल्ला ६-८ महिनादेखि उहाँले महासंघप्रति वा महासंघको साधारणसभाप्रति, महासंघलाई आजको अवस्थामा ल्याइपुर्‍याउन भूमिका खेल्ने हाम्रा वरिष्ठ उद्योगी व्यापारीहरुको आकांक्षामाथि जे व्यवहार देखाउनु भएको छ, त्यसले उहाँको नेतृत्वप्रति कहीँ न कहीँ मैले मात्रै होइन, धेरै व्यक्तिले टीकाटिप्पणी गर्नुभएको छ।

एफएनसीसीआईको राजनीतिमा शेखर गोल्छा र पशुपति मुरारकाको एउटै प्यानलमा रहेर उपाध्यक्ष निर्वाचित हुनुभयो। तर अहिले त्यही प्यानलको विपक्षमा तपाईँ किन उभिनु भएको?
म त्यो प्यानलको विपक्षमा उभिएको होइन्, बरु उहाँहरु दुई जना त्यो प्यानलको विपक्षमा उभिनु भएको हो। त्यतिबेला हामीबीच केही अन्डरस्ट्याण्डिङ थिए। त्यसमध्ये एउटा थियो-आगामी चुनावमा ज्ञानेन्द्रलाल प्रधानजीलाई हामी सबैले सघाउने। 

तर उहाँ नै महासंघको नेतृत्वमा पुग्ने प्रक्रियाबाट बाहिरिनुभयो। आज उहाँ आफैं यो चुनावमा खडा भएको भए मैले उहाँलाई समर्थन गर्नु मेरो कर्तव्य हुन्थ्यो। उहाँ आफैं त्यो प्रक्रियाबाट बाहिरिनु भयो। 

जहाँसम्म शेखरजीको सन्दर्भ छ, म उहाँको विपक्षमा होइन्, उहाँ मेरो विपक्षमा उभिनुभएको छ। फेरि पनि मेरो प्रतिबद्धता के हो भने चुनावपछि मैले उहाँलाई नै सघाउने हो। त्यो कार्यकाल सफल भयो भने म सफल हुनेभन्दा नेतृत्वका हिसाबमा मभन्दा बढी सफल शेखरजी हुने हो।

तपाईँका प्रतिस्पर्धीसँग भावी अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका जस्ता बलिया व्यक्तिको साथ छ। तर तपाईँ भने चुनावमा एक्लै देखिनुहुन्छ। चुनावका लागि यो अलि टफ पनि होला नी?
चुनावमा को बलियो र को कमजोर त्यो मत परिणामले देखाउने हो। मतदाताले हालेको भोटले देखाउने हो। महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ  १०७ जना मतदाता हुनुहुन्छ, वस्तुगत संघतर्फ १०१ जना मतदाता हुनुहुन्छ, द्विराष्ट्रिय उद्योग वाणिज्य समूहमा १२ जना र एशोसिएटतर्फ ९२३ जना मतदाता हुनुहुन्छ। 

चुनावमा निर्णायक व्याक्ति विशेष हुँदैनन्, सबैभन्दा बलिया मतदाता हुन्छन। त्यसकारण मलाई अथवा मेरो टीमलाई यो चुनाव त्यति टफ छैन। सायद जसको साथमा नेता छन्, मतदाता छैनन्, उनीहरुका लागि अलि बढी टफ होला। 

तपाईँले वास्तविक व्यवसायीलाई जिताउँ भनेर प्रतिस्पर्धीलाई घोचपेच गरिरहनुभएको छ भने वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवारले पैसाका भरमा निर्वाचन जित्ने परिस्थिति आउन हुँदैन भनेर धारणा दिइरहेका छन्। यो आरोप प्रत्यारोप किन?
महासंघ जस्तो व्यवसायिक संस्थामा वास्तविक व्यवसायीलाई चुनाव जिताउँ भन्नु घोचपेच होइन, यो वास्तविकता हो। अहिले परिस्थिति सामान्य छैन, कोभिडका कारण हामी निक्कै जटिल अवस्थामा आइपुगेका छौं। यति बेला सानोदेखि ठूलो उद्योगीसम्म, सानादेखि ठूला व्यवसायीसम्म सबैका लागि समय अनुकूल छैन।

यसै पनि हामीले हाम्रो अर्थतन्त्रलाई गतिशीलता दिन थुप्रै काम गर्न जरुरी थियो। त्यसमाथि कोरोनाले प्रभावित यो अर्थतन्त्रलाई अघि बढाउन सरकार, मजदुर, उद्योगी व्यवसायीबीच आफैं पनि हामीले मिलेर धेरै काम गर्न जरुरी छ।

जसले यो विषयमा जानेको छ, जसले यो विषयलाई गहिराइसँग बुझेको छ। त्यस्तो व्यक्ति महासंघको नेतृत्वमा आउनुपर्छ भनेर मैले भनेको हुँ। मसँग साना किराना पसलको दुःख के हो भन्ने ज्ञान पनि छ, ठूला उद्योग वा व्यवसायले भोगिरहेका हर्डल्सहरु के हुन भन्ने अनुभव पनि छ।

उद्योगीलाई राज्यसँग के चाहिएको छ, त्यो पनि थाहा छ, व्यवसायीले बैंकसँग के खोजिरहेका छन्? त्यो पनि मैले बुझेको छ। होटल, बैंक, इन्सुरेन्स जस्ता हाम्रो सेवा क्षेत्रले राज्यसँग के मागिरहेको छ त्यो पनि मलाई थाहा छ। जब विषयमा गहिरो ज्ञान र अनुभव हुन्छ त्यसले महासंघ जस्ता संस्थालाई नेतृत्व दिंदा ती संस्था सफल हुन्छन भनेर मैले भनेको हुँ। 

तपाइँलाई एउटा आरोप पनि छ। सरकार र राजनीतिक दलसँग नजिक हुनुहुन्छ। त्यसैले सरकारले ल्याएका कुनै पनि नीतिको विरोध गर्न सक्नुहुन्न?
कुनै समय थियो हामी हरेक विषयका लागि स्टेकहोल्डरसँग झगडा गर्नु पर्दथ्यो। आज हामी त्यो दिनबाट धेरै टाढा आइपुगेका छौं। जस्तो पहिले हामी उद्योगी व्यवसायी र मजदुरबीच कति झगडा हुन्थ्यो ? आज हेर्नुहोस् न हाम्रो र मजदुरबीचको सम्बन्ध कस्तो छ? हामीले मजदुर र सरकारसँग मिलेर कति सहज ढंगले न्युनतम पारिश्रमिकको विषयलाई टुंगोमा पुर्यायौं।

हामीले कोभिडमा बन्द भएका उद्योग धन्दाका मजदुरलाई सरकारले निर्देशन गरेभन्दा कम पारिश्रमिकमा चित्त बुझायौं। ती विषय यदि राम्रोसँग ह्याण्डल भएका छन् भने त्यसमा मेरो समन्वयकारी भूमिकाको पनि योगदान छ। त्यसैले आज हामी झैंझगडा होइन, हामीसँग भएको समन्वयकारी भूमिकालाई प्रयोग गरेर हाम्रा समस्यालाई पार लगाउने हो। 

खैर फेरि पनि मैले वरिष्ठ उपाध्यक्ष जितेँ भने पनि उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशील टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं। आदरणीय उद्योगी व्यवसायी साथीहरुलाई साक्षी राखेर मैले त्यो मन्तव्य व्यक्त गरेको थिएँ, म त्यसमा कायमै छु। 

त्यसो भए यसपटक वरिष्ठ उपाध्यक्षमा आउनुभयो भने निजी क्षेत्रको सबलताका लागि तपाइँको एजेण्डा के छन्?
हाम्रो पहिलो प्राथमिकता भनेको कोभिडबाट प्रभावित अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने हो। त्यसबाहेक पनि हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउनु पर्नेछ। उद्योग व्यापार दर्ता, नवीकरण र खारेजी प्रक्रियालाई सहज र सुलभ बनाउनु पर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा ईआइए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समयर झन्झटलाई छोट्टयाउनु पर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनु पर्नेछ।

उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ति र जग्गा बिक्री गर्ने प्रक्रिया सहज बनाउनु पर्नेछ। निर्यात व्यापार बढाउनका लागि उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार बनाउन पहल गर्नु पर्नेछ।

एउटा निकायबाट फर्छ्यौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनु पर्नेछ। उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढंगबाट, सहज र वैज्ञानिक रूपमा कर उठाउने वातावरण बनाउनु पर्नेछ। 

निजी क्षेत्रलाई करको बोझमा दबाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनु पर्नेछ। करमा रहेका दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेका छन्। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नु पर्नेछ। 

एउटा निकायबाट पार लागेको कर, सम्पत्तिको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्ने छ। सरकारले हालै लागू गरेको भिसीटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन्। हामीले यसको पनि दीर्घकालीन समाधान खोज्नुपर्ने छ।

सम्पत्तिमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनु पर्नेछ। स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नु पर्नेछ। त्यसका लागि उद्योग वाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रूपमा विकास गर्नुपर्ने अवस्था छ।

यी काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसी डाइलगलाई अझै बढाउनुपर्ने छ। विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला-ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथीहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ। नवउद्यमीलाई मात्रै होइन, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ। मेरो फोकस पनि यी यस्तै विषयमा हुनेछ।

त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघका साथीहरुका आफ्नै किसिमका समस्याहरु छन्। अहिले अफ्ठ्यारो परेको बेला केन्द्रित नेतृत्वले उहाँहरुको आवाज सुन्ने गरेको छैन। मैले त्यो कुरालाई पनि केन्द्रित गर्नेछु, तपाईंहरुको आवाजलाई सही ठाउँमा पुर्याएर त्यसको समाधान गर्नेछु भनेर मैले प्रतिवद्धता समेत गरेको छु। त्यो प्रतिवद्धता पूरा गर्न पनि हाम्रो ध्यान केन्द्रित रहनेछ।

किनभने आज हाम्रो जे स्ट्रेन्थ छ, त्यो स्ट्रेन्थ जिल्ला उद्योग वाणिज्य संघका साथीहरुको बलमा आएको हो। उहाँहरुको भूमिका चुनावको बेला मात्र खोज्ने चुनाव सकिएपछि हराउने जुन परिपाटी छ अब त्यो रहँदैन। जिल्ला उद्योग वाणिज्य संघका साथीहरु पनि अब हामी केन्द्रिय नेतृत्वसँगै मूलधारमा आउनुहुन्छ। हाम्रो टीमले त्यसतर्फ काम गर्छ।