माछापुच्छ्रे बैंकले क्यूआर मर्चेन्टलाई लक्षित गर्दै विस्तार गर्‍यो एमबीएल स्मार्ट कर्जा सेवा



बिजमाण्डू
२०८२ पुष २५ गते १३:४० | Jan 9, 2026
माछापुच्छ्रे बैंकले क्यूआर मर्चेन्टलाई लक्षित गर्दै विस्तार गर्‍यो एमबीएल स्मार्ट कर्जा सेवा

काठमाडौं। माछापुच्छ्रे बैंकले एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर मर्चेन्ट (व्यापारी)सम्म पुर्‍याएको छ। स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै बैंकले यो सेवा सुरु गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकका अनुसार विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै क्यूआर मर्चेन्ट-एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरिएको हो।

बैंकले डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम प्रविधि संचालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा संचालनमा ल्याएको जानकारी दिएको छ।

यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायले बिना धितो सहज र सरल तरिकाले एमबीएल एम-स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्नेछन्। डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ।