एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने, राष्ट्र बैंकसँग माग्यो पूर्वसहमति



बिजमाण्डू
२०८२ पुष २० गते ११:१४ | Jan 4, 2026
एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने, राष्ट्र बैंकसँग माग्यो पूर्वसहमति

काठमाडौं। एनआईसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ। हकप्रद सेयर जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वसहमति मागेको छ।

राष्ट्र बैंकको सहमति प्राप्त भएपश्चात हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेस गर्ने बैंकले जनाएको छ।