गरिमा विकास बैंक डिजिटल कारोबारमा उत्कृष्ट, एनसीएचएलले दियो दुई अवार्ड



बिजमाण्डू
२०८२ पुष ११ गते १६:०१ | Dec 26, 2025
गरिमा विकास बैंक डिजिटल कारोबारमा उत्कृष्ट, एनसीएचएलले दियो दुई अवार्ड

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले गरिमा विकास बैंकलाई दुई विधामा सम्मानित गरेको छ। एनसीएचएलले आफ्नो १७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सम्मानित गरेको हो।

Tata
GBIME
Nepal Life

गरिमा विकास बैंक आर्थिक वर्ष २०८१/८२ मा डिजिटल कारोबार र नेपालपे क्यूआर भुक्तानीमा उत्कृष्ट हुँदै सम्मानित भएको हो। उक्त आवमा बैंकले सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेको थियो।

एनसीएचएलले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका थिए।

समयानुकूल नवीनतम डिजिटल बैंकिङ सेवाहरूलाई थप ग्राहकमैत्री बनाउन अग्रसर बैंकलाई प्राप्त उक्त अवार्डले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ। बैंक २०८२ भदौमा भारतीय चेम्बर अफ कर्मसले नयाँ दिल्लीमा आयोजना गरको ईमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंकसहित ३ वटा अवार्डबाट समेत सम्मानित भएको थियो।