वाणिज्य विभागले प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई तिरायो जरिबाना



बिजमाण्डू
२०८२ पुष ६ गते १८:२५ | Dec 21, 2025
वाणिज्य विभागले प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई तिरायो जरिबाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ। विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो।

Tata
GBIME
Nepal Life

महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।

साथै, विभागले १४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिइएको जानकारी दिएको छ।