एमाले अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि निर्वाचित, पाए ७५ प्रतिशत मत



बिजमाण्डू
२०८२ पुष ३ गते १३:१२ | Dec 18, 2025
एमाले अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि निर्वाचित, पाए ७५ प्रतिशत मत

काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

Tata
GBIME
Nepal Life

ओली ११औं महाधिवेशनमा ७५ प्रतिशत अर्थात १६६३ मतसहित निर्वाचित भएका हुन्। उनीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले जम्मा ५६४ मत पाए।

ओली पहिलोपटक काठमाडौंमा नै २०७१ साउनमा भएको ९औं महाधिवेशनमा पहिलोपटक अध्यक्ष निर्वाचित भएका थिए। त्यतिबेला उनले माधवकुमार नेपाललाई ४६ मतले हराएका थिए।