काठमाडौं। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
ओली ११औं महाधिवेशनमा ७५ प्रतिशत अर्थात १६६३ मतसहित निर्वाचित भएका हुन्। उनीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले जम्मा ५६४ मत पाए।
ओली पहिलोपटक काठमाडौंमा नै २०७१ साउनमा भएको ९औं महाधिवेशनमा पहिलोपटक अध्यक्ष निर्वाचित भएका थिए। त्यतिबेला उनले माधवकुमार नेपाललाई ४६ मतले हराएका थिए।