लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान र होटल असोज १ गतेबाटै संचालनमा आउने



बिजमाण्डू
२०७७ भदौ ३० गते १९:०९ | Sep 15, 2020
लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान र होटल असोज १ गतेबाटै संचालनमा आउने

Tata
GBIME
Nepal Life

काठमाडौं। लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेबाटै सञ्चालनमा आउने भएका छन्।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायातका साथै आन्तरिक हवाइ उडान संचालन गर्ने निर्णय गरेको जानकारी दिए।

सोमबार भने केही मन्त्रीहरुले असोज ५ गतेबाट सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको बताएका थिए। त्यही अनुसार अधिकांश मिडियामा असार ५ बाट नै यातायात र आन्तरिक उडान संचालन हुने भनेर रिपोर्ट भएको थियो। तर, प्रवक्ता ज्ञवालीले  सरकारले असोज १ गतेबाट नै लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान चल्ने निर्णय गरेको बताएका हुन्।

यस्तै, होटल, रेष्टुराँ पनि असोज १ गतेबाट नै संचालनमा आउने भएको छ।