सालपा विकास बैंकले सुरु गर्‍यो एससीटी युनियनपे कार्डको सेवा, डिजिटल भुक्तानी सहज हुने विश्वास



बिजमाण्डू
२०८२ मंसिर २६ गते १५:३६ | Dec 12, 2025
सालपा विकास बैंकले सुरु गर्‍यो एससीटी युनियनपे कार्डको सेवा, डिजिटल भुक्तानी सहज हुने विश्वास

काठमाडौं । सालपा विकास बैंकले एससीटी युनियनपे कार्डको सेवा सुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट  भुक्तानी प्रणाली संचालनको अनुमति प्राप्त संस्था स्मार्टस्वाइस टेक्नोलोजीले संचालन गर्दै आएको एससीटी युनियनपे कार्डको सेवा बैंकले संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

मंसिर १६ गतेदेखि बैंकका ग्राहकले एससीटी युनियनपे कार्ड प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास बैंकको छ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तिय संस्था र १०० भन्दा बढी मार्फत एससीटी युनियनपे कार्ड जारी गर्दै आएको छ।